Tuesday, April 15, 2014

अरूलाई त राम्रो देख्छु,झन उनका के कुरा

मेरा अनन्य मित्र हरिशचन्द्र दाहाल ,सुमना श्रेष्ठ र मैले संयुत्त रूपमा तयार पारेको यौटा गजल -

अरूलाई त राम्रो देख्छु,झन उनका के कुरा ॥
तारा हेर्दै लठ्ठीएँ म ,त्यो जुनका के कुरा ॥

तिमी भन्छौ भने ऐले ऊ ....त्यो जुन ल्याई दिन्छु
बजारमा किनबेच हुने सुनका के कुरा ॥

मनमुटु सारा शरीर सुम्पीसकेँ तिमीलाई
पानी सरी बग्ने जाबो ,खुनका के कुरा ॥

तिमी जस्ती छौँ, जे छौँ ,स्वीकारेँ मैले
तिम्रा ति दुईचार ओटा अबगुणका के कुरा ॥

पिरतिमा जात होईन ,मन चै मिल्नु पर्छ
बैश्य ,शुद्र, क्षेत्री अनि बाहुनका के कुरा ॥
सर्वाधिकार: समूह मै सुरक्षित

सक्छौ भने बचाऊ,बाँच्नु मात्रै ठूलो कुरो हैन ॥

मित्र सुमना श्रेष्ठको गजल सङ्ग्रह समालोचना गर्दै थिएँ । यो यौटा गजलमा चैँ घोत्लीन करै लाग्यो-


सक्छौ भने बचाऊ,बाँच्नु मात्रै ठूलो कुरो हैन ॥
पुरा नहुने सपना,साँच्नु मात्रै ठूलो कुरो हैन ॥

तिमी मान्छे हौ याद राख, पृथक हुन्नै पर्छ
अरू अरूकै ईशारामा नाँच्नु मात्रै ठूलो कुरो हैन ॥

दु:ख, कष्टका दिनमा चैँ हतास निरास भएर
सुखका यी दिनहरूमा हाँस्नु मात्रै ठूलो कुरो हैन ॥

आखिर जीबन के हो ?बुझ्नुपर्छ तिमीले अब
ख्याल ठट्टामै समय मास्नु मात्रै ठूलो कुरो हैन ॥

दुश्मनलाई पनि माफि दिए पो महानता झल्किन्छ-मान्छेमा
केवल आफ्नैसँग नाता गाँस्नु मात्रै ठूलो कुरो हैन ॥
(सर्बाधिकार: रचनाकारमै सुरक्षित)

बैगुनी रहीछयौ तिमी ,फुल्दफुल्दै झरिदियौ


बैगुनी रहीछयौ तिमी ,फुल्दफुल्दै झरिदियौ
कागको हुलमा बेल बनी ,फल्नु त मैले थियो
खुकुरिको एकै चोटमा ,टुक्रा बनी चोइटीगयौ
सीङगो रुख झै ,बज्रियर ढल्नु त मैले थियो
दु:ख पिडा मलाई छोडि ,हरायौ नि बिच बाटोमै
अन्धकारमा खोज्दै एक्लै ,गल्नु त मैले थियो
सलेदो पो .......
तिमीलाई खाने दानब रे म ,छोडि गयौ यही चिनो
समाजका तिखा प्रहार ,छल्नु त मैले थियो
दैब पनि देब्रे भयो ,हत्कडी लाग्यो हातमा
साथ दिने तिमी थिइनौ ,चुडाल्नु त मैले थियो
अपहेलित हामी दुबइ ,यो जगत तिमीले छोड्यौ
पुरानो सोचको समाज, बदल्नु त मैले थियो
सलेदो पो तिमी बन्यौ, बल्नु त मैले थियो
चिता माथी तिमी चढेउ , जल्नु त मैले थियो

बैगुनी रहीछयौ तिमी ,फुल्दफुल्दै झरिदियौ


बैगुनी रहीछयौ तिमी ,फुल्दफुल्दै झरिदियौ
कागको हुलमा बेल बनी ,फल्नु त मैले थियो
खुकुरिको एकै चोटमा ,टुक्रा बनी चोइटीगयौ
सीङगो रुख झै ,बज्रियर ढल्नु त मैले थियो
दु:ख पिडा मलाई छोडि ,हरायौ नि बिच बाटोमै
अन्धकारमा खोज्दै एक्लै ,गल्नु त मैले थियो
सलेदो पो .......
तिमीलाई खाने दानब रे म ,छोडि गयौ यही चिनो
समाजका तिखा प्रहार ,छल्नु त मैले थियो
दैब पनि देब्रे भयो ,हत्कडी लाग्यो हातमा
साथ दिने तिमी थिइनौ ,चुडाल्नु त मैले थियो
अपहेलित हामी दुबइ ,यो जगत तिमीले छोड्यौ
पुरानो सोचको समाज, बदल्नु त मैले थियो
सलेदो पो तिमी बन्यौ, बल्नु त मैले थियो
चिता माथी तिमी चढेउ , जल्नु त मैले थियो

फुल जस्तै तिम्रो मुहार फुल्ने छ अब

फुल जस्तै तिम्रो मुहार फुल्ने छ अब
आकास को जुनले धर्ति छुने छ अब

घाम र जुन जस्तै छुट्टिनु परेमा हामी
शित बनि ताराहरु बिहानी मा रुने छ अब

बनि जोडी मलेवाको उड्दै जाँदा दुर -दुर
पुछ आँशु रुमालले हिमाल पग्ली धुने छ अब
गर्दै जाउ चोखो माया नमुना नै बन्नु पर्छ
नडराउ तिमि अंध्यारो मा लुम्बिनी जल्ने छ अब
चिर्दै कुरीति र कु-सस्कर अघि बढौ आऊ
जल्ने हरु जलुन माया सामु समाज गल्ने छ अब .
रामशरण लामिछाने
नुवाकोट हाल काठमाडौँ

लेख्न खोज्दैछु आज आफूले आफ्नै यो कहानी

‪#‎ManandharAbhagi‬
~~~~~~~~~~ गजल ~~~~~~~~~~

लेख्न खोज्दैछु आज आफूले आफ्नै यो कहानी
खेर जाँदैछ उम्लेर व्यर्थै आफ्नो यो जवानी
जब राती सुत्नेबेला सपनाहरू सजाउँछु
सजाउन नपाउँदै भै सक्नेछ विहानी
परदेश गा को तिमी , फर्कने कुरा नै छैन
तिमीलाई नै सम्झी रुँदा कथै भिज्दछ सिरानी
पैसाको पछि भाग्दैछौ तिमी , मेरो पछि अरु नै
कसैले मलाई हरे नगरे हुन्छ आनामानी
मान्छेले मान्छेको अवस्था किन बुझ्दैन यहाँ
उन्मत्त यौवन छचल्केर पोखिंदैछ यो नादानी ।
- © मानन्धर अभागी ।

एक चोटी मैले पनि झुकेर हेरेँ ॥

यो मध्यरातमा यौटा गजल फुर्छ .....यसरी.....
एक चोटी मैले पनि झुकेर हेरेँ ॥
के रैछ रहस्य यसो लुकेर हेरेँ ॥
साना कोठा ठुला मन किन हो मलिन छ ?
त्यही गल्ली त्यही कोठा ढुकेर हेरेँ ॥
पहाड रैछ अभाब र पीडाको ती मनमा
तिनै मनहरू सँगै दुखेर हेरेँ ॥
तप्प -तप्प चुँदै थियो आँशु छानोबाट
घाँटी यसो तन्काएर उठेर हेरेँ ॥
मेरो दु:ख के दु:ख ? उसको पो दु:ख हो
साँच्चै !आफैले आफैलाई थुकेर हेरेँ ॥
Copyriht @निरक्षर निरौला

मधुमासको त्यो साम भुलेको छैन है

मधुमासको त्यो साम भुलेको छैन है
खुशीयालिको लाम भुलेको छैन है

आईपुग्थ्यो खुशी पत्र बनेर सधैं
सन्देश बोक्ने खाम भुलेको छैन है
दन्तकाली भाक्थ्यौ बुढा सुब्बा पनि
बासमा लेखेको नाम भुलेको छैन है

मुस्कान लिएर मुहार भरी सधैंभरी
हामीले घुमेको ठाम भुलेको छैन है

घुमे पनि मठ मन्दिर र देवलहरु
मनभित्रको चार धाम भुलेको छैन है

रोशन यक्सो (लिम्बु)
कपन, काठमाडौं
२०७०-१०-१०

हामी दुईलाईनिम्तोआज, गरे शिवले !

शिवलाई........
वधाई छपर्णय पीडामा पनि !!
गजलयसरि सुरु भयो.....

हामी दुईलाईनिम्तोआज, गरे शिवले ! 
राम्रोअनि नराम्रो ग्यान,छरे शिवले !!
पशुपति डाके एक्लैमलाईकैलाश छाडी,
उन्लाइ लिईसालिनदी , तरे शिवले !!
पुरानैबानि दोहोर्याए,कि कसो हो...?
मेरी प्यारी उनीलाईनै , हरेशिवले !!
यस्तोसोचेकोत कहॉथिऍरमैले, !
जिंउदै मलाई मार्नेकाम गरेशिवले !!!!
@पृथक@

भन किन त्यो शिर झुकाएर कुरा गर्छौ ॥

यौटा गजल-
(यो गजल अस्ति कक्षामा पढ्दा पढ्दै एक्कासी फुरेको हो)

भन किन त्यो शिर झुकाएर कुरा गर्छौ ॥
किन हौ यसरी लुकाएर कुरा गर्छौ ॥

भो छाडिदेऊ अब ति पुराना कुरा
सुकिसकेको घाउ उप्काएर कुरा गर्छौ ?

रूनु अझै बाँकि छ ,जोगाऊ ति आँशु
भएजति आजै सारा आसु सुकाएर कुरा गर्छौ ?

कति सहनु भन- तिम्रो त्यो मनले
जिन्दगी नै पुरै दुखाएर कुरा गर्छौ ?
Copyright @ निरक्षर

हिर्दय मा तिम्रै लागि प्यारको प्याला साँची रा छु


गजल

हिर्दय मा तिम्रै लागि प्यारको प्याला साँची रा छु
मेलापात गैर्हि खेतको ज्याला साँची रा छु!!

बनाउन तिमीलाई मन मिल्ने जिबन साथी
सिन्दुर पोते धागो अनि चुरा साँची रा छु!!

तिमि बिना जिन्दगीको यात्रा कठिन हुदो रैछ
सुनाउन अतितको, सारा ब्यथा साँची रा छु

तिम्रो मेरो पिरतीको डाहा गर्दै जल्नेहरु
अमर प्रेम पिरतीको माला गाँसी रा छु!!

मुना -मदन, लैला-मज्नु फिक्का हुन्छन अब
तिम्रै लागि प्रेम कोसेली यो गाथा साँची रा छु

हिर्दयमा तिम्रै लागि प्यारको प्याला साँची रा छु
मेलापात गैर्हि खेतको ज्याला साँची रा छु .
... रामशरण लामिछाने .. नुवाकोट —

गित .

म जलेको चिता माथि फुल सारेर जाउ !!
प्रिय तिम्ले अन्तै तिर दिल साटेर जाउ!!

बाचा कसम सारा मेरो फिक्का हुनसक्छ
याद गर फुलेको फुल ओइलिएर झर्छ
सक्छौभने आकाश बाट जुन झारेर जाउ
म जलेको चिता माथि फुल सारेर जाउ
स्वतन्त्रछौ प्रिय तिमि जहा पनि फुल्न सक्छौ
यो दिल छोडी पराइ संग अन्तै तिर डुल्न सक्छौ 

बिन्ति, बन्द गरि एकमुठी सास लास पारेर जाउ
म जलेको चिता माथि...... फुल सारेर जाउ
म जलेको चिता माथि फुल सारेर जाउ
प्रिय तिम्ले अन्तै तिर दिल साटेर जाउ 

दिन सबै अरुकै हो मेरो लागि रात भो


by- BP Khatiwada Anurag


दिन सबै अरुकै हो मेरो लागि रात भो 
फूल सबै अरुकै हो मेरो लागि पात भो 
पुर्णिमाको रात सबै तिम्रो साथ् भो 
मेरो लागि सबै औसीको रात भो
भाग्यमा नै कोरिएको आसुँको साथ् भो ..
by- BP Khatiwada Anuraag